आकु फोरम २०२३ का सहभागीहरुको चण्डेश्वरी साकोस भ्रमण

आकु फोरम २०२३ का सहभागीहरुको चण्डेश्वरी साकोस भ्रमण

एशियाली ऋण महासंघको आयोजना र नेफ्स्कुन तथा राष्ट्रिय सहकारी बैंकको सहयोगमा नेपालमा आयोजना भईरहेको आकु फोरम २०२३ का बिभिन्न देशका सहभागीहरुद्धारा भाद्र २८ गते बिहिबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को अवलोकन भ्रमण गर्नुभएको छ । विभिन्न देशबाट आउनुभएका सहभागीहरुलाई संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्युले मन्तव्य सहित स्वागत गर्नुभएको थियो । साथै औपचारिक कार्यक्रममार्फत संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहाल ज्यू मार्फत संस्थाका बिभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । एशियाका फिलिपिन्स, बंगलादेश, ईन्डोनेसिया, लावस लगाएत विभिन्न देशहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।